काठमाडौं । तनहुँ जिल्लामा पहिलो संस्करणको ऋषिङ्ग म्याराथन आयोजना हुने भएको छ ।
ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा पुस २७ गते ऋषिङ्ग म्याराथन हुने भएको हो ।
प्रतियोगितामा तीन इभेन्ट्सको दौड हुनेछ । जसमा खुल्ला, स्थानीय र महिला म्याराथन रहेको छ ।
खुल्ला म्याराथनको विजेताले ६५ हजार, दोस्रोले ४० हजार, तेस्रोले २५ हजार र सान्त्वना वापत ३ खेलाडीले १०/१० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
म्याराथन गाउँपालिकाको गढी डाँँडाबाट सुरु भएर रानीपोखरी, गाउँपालिका कार्यालय, पोखरीभञ्ज्याङ्ग, गोठादी, ढुँङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीवास,दाङसीरी र अन्तिम विन्दू दुवुङकोटको म्यूटावरसम्म दौडनु पर्नेछ ।
त्यस्तै स्थानीय म्याराथन ८ किलोमिटर दूरीको रहेको छ । यसमा विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ६ हजार र सान्त्वना हुने एक जनाले २ हजार नगद पुरस्कार पाउनेछन् ।
यस दौड ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खला छाप, केउराडी र ज्यामिरेमाई मन्दिरमा आएर सकिने छ ।
महिला म्याराथनमा ४ किलोमिटरको दूरी पार गर्नुपर्नेछ । यसमा विजेताले १० हजार, दोस्रोले ८ हजार, तेस्रोले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपैया पाउने छन् ।