एजेन्सी । न्युजिल्याण्डविरुद्ध पाकिस्तानका कप्तान तथा मुख्य ब्याट्सम्यान बाबर आजम उपलब्ध नहुने भएका छन् ।
पाकिस्तानले सार्वजनिक गरेको न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट सुचिमा बाबर आजम बाहिर रहेका छन् ।
न्युजिल्याण्ड भ्रमणमा रहेको पाकित्सानको पहिलो टेष्ट डिसेम्बर २६ बाट सुरु हुँदैछ । बाबर चोटका कारण पहिलो खेलमा उपलब्ध नहुने भएका हुन् । बाबर नहुँदा पाकिस्तानी टोलीलाई ठुलो समस्या हुने देखिएको छ ।
गत साता बाबरको दाहिने हातको बुढी औंलामा चाेट लागेकाे र हाल प्लास्टर गरेको कारण उनले खेल गुमाउने भएका हुन् ।
टी-ट्वान्टी सिरिजको दौरान न्युजिल्याण्ड बाबरले चोट बोकेका थिए । जसको कारण उनी अभ्यासमा समेत उपलब्ध भएका थिएनन् ।
बाबरसंगै ओपनर इमाम उल हकले समेत न्युजिल्याण्डविरुद्धकाे खेल गुमाउने भएका छन् ।
अभ्यासका क्रममा देब्रे बुढी औंलामा चोट लागेका कारण हक समेत खेल बाहिर रहने भएका हुन् । दुई भरपर्दा ब्याट्सम्यान नहुँदा घरेलु टोलीसंग पाकिस्तान दबाबमा हुने देखिएको छ ।
चोट बोकेका दुवै खेलाडी हाल पाकिस्तानको मेडिकल टिमको निगरानीमा रहेका छन् ।
बाबरको अनुपस्तिथिमा विकेटकिपर मुहमद रिजवानले कप्तानी गर्ने छन् । रिजवान पाकितासको टेष्ट क्रिकेटमा कप्तानी गर्ने ३३ औं कप्तान हुनेछन् ।
पहिलो टेष्टका लागि पाकिस्तानी टिम :
मोहोमद रिजवान, अबिद अलि, अजहर अली, फाहिम आश्रफ, फवाद आलम, हरिस सोहिल, इमरान बुट, मोहोमद अब्बास, नसिम शाह, सर्फराज अहमद, शादब खान, शाहिन अफ्रिदी, सहन मसुद, सोहिल खान र यासिर शाह ।