काठाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको छनोट अन्तर्गत प्रदेश २ मा महोत्तरी च्याम्पियन भएकाे छ ।
राजबिराजमा सम्पन्न प्रतियाेगिताको फाइनलमा महोत्तरीले सिराहालाई ८ विकेटले पराजित गरेकाे हाे ।
८७ रनको सामान्य लक्ष्य महोत्तरीले १४ ओभर ४ बलमा २ विकेटको गुमाएर लक्ष्य पूरा गर्यो।
महोत्तरीका लागि बिमला मगरले अविजित ३१ तथा गोमा आलेले अविजित २४ रन बनाए । यस्तै रोजी कडारीले २१ रनको योगदान गरिन् ।
सिराहाकी सन्तोषी चौधरीले १ बिकेट लिएकी थिइन् ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सिराहाले १६ ओभर ६ बलमा सबै विकेट गुमएर ८६ रन बनायो । कविता गौतम २४ रन जोडिन् । यस्तै उर्मिला चौधरी १५ तथा सरस्वती चौधरीले १४ रनको योगदान गरिन् ।
सिरहालाई सस्तोमा समेट्न शोभा आलेले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर महत्वपुर्ण ५ विकेट लिइन् ।
यस्तै बिमला मगरले ३ तथा रोजी कडारीले २ बिकेट लिइन् ।
प्रतियाेगिताकाे वुमन अफ द म्याच महोत्तरीकी शोभा आले घोषित भइन् ।
प्रतियोगिता अन्तर्गत उत्कृष्ट बलर महोत्तरीकी राजी कडारी, उत्कृष्ट ब्याट्स वुमन सिराहाकी अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोत्तरीकी बिमला मगर भइन् ।
महिला प्रधानमन्त्री कप क्रिकेट यही पौष ११ बाट दाङ को लमहीमा आयोजना हुँदै छ। प्रतियाेगिताका लागि जिल्ला र प्रदेश संघले धमाधम खेलाडी छनोट गर्दै आएका छन्।