काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता दुई हप्ताका लागि सर्ने भएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले पुष ११ बाट आयोजना गर्ने तयारी गरेकाे प्रतियाेगिता दुई हप्ताका लागि सार्ने भएकाे हाे ।
आर्थिक अभाबका कारण पुरुषकाे प्रतियाेगिता सरेको बताइएको छ ।
'आईसीसीबाट बजेट क्यानमा नआएको कारण पुरुष पीएम कप दुई हप्ता सारिएको जानकारी आएको छ ।' स्रोतले भन्यो, 'महिलाको पीएम कप भने तोकिएको समयमा नै हुने छ ।'
पुरुष पीएम कप काठमाडौँ र मुलपानीमा पुष ११ बाट आयोजना गर्ने तयारीमा क्यान रहेको थियो ।
महिलाको प्रतियोगिता भने दाङको लमहीमा आयोजना हुने छ ।
पीएम कपको लागि हाल धमाधम जिल्ला र प्रदेश छनोट हुँदै आएको छ ।
क्यानले समेत साे छनोटको लागि जिल्ला र प्रदेशलाई बजेट समेत उपलब्ध गरि सकेको छ ।