मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

नेपालगञ्ज म्याराथनलाई सहयोगको प्रतिबद्दता

बुधबार, मंसिर ३, २०७७खेलपाटी संवाददाता
नेपालगञ्ज म्याराथनलाई सहयोगको प्रतिबद्दता
Classic Tech Internet Ad

काठमाडौं । धारा छैटौं नेपालगञ्ज म्याराथनको आयोजकले सम्बन्धित निकायहरुसँग छलफल गरेको छ ।

म्याराथनको मिति नजिकिदै गर्दा आयोजक क्रियटिभ ह्याण्ड्सले बुधबार सम्बन्धित निकायहरुसँग छुट्टा छुट्टै छलफल गरेको हो ।

छलफलमा सम्बन्धित निकायले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठ, क्यान इन्फोटेकका सञ्जय थापा, लायन्सका सेम शाक्य, होटल अर्गनाइजेसनका भाष्कर काफ्ले, हिसानका डा. अवनिन्द्रदत्त मिश्र, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वली, स्कूल सञ्चालक शशि स्वाँर, नेपाल बाल संगठनका दत्तप्रसाद आचार्य, मेरो टुकीका भोजराज शर्मा, रेडक्रसका प्रल्हाद विश्वकर्मालगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जको गौरव बढाएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस पटकको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनौट हुने भएकाले नेपालगञ्जवासीले आफ्नो सक्दो सहयोग गर्नुपर्ने उनीहरुले बताएका थिए ।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी गराएका थिए ।

आयोजकले बुधबार नै सुरक्षा अधिकारीसँग समेत छलफल गरेको छ । नेपालगञ्जको वीपीचोकदेखि शुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः वीपीचोकमा आइपुग्ने म्याराथनलाई व्यवस्थित गराउन सुरक्षा अधिकारीसँग छलफल गरिएको हो ।

वीपीचोकदेखि दौड शुरु भएपछि सडकको एउटा रुट खाली गराउने सुरक्षा अधिकारीले तयारी गरेका छन् । त्यसक्रममा ठाउँ ठाउँमा प्रहरी राखिने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी सुवास खड्काले रुट क्लियर गरेर ठाउँ ठाउँमा प्रहरी राखिने बताए ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक ईश्वर देवकोटा, ट्राफिक प्रहरी युनिट नेपालगञ्जका प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले सडकको एउटा रुट खाली गराएर ठाउँ ठाउँमा प्रहरी राखेर अघि बढ्ने बताए ।

नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।

कोराना भाईरसको महामारीको कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार