मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

नेपालगञ्ज म्याराथनको विजेताले ७५ हजार पाउने

शनिबार, कार्तिक २९, २०७७खेलपाटी संवाददाता
नेपालगञ्ज म्याराथनको विजेताले ७५ हजार पाउने
Classic Tech Internet Ad

नेपालगञ्ज । मंसिर पहिलो साता आयोजना हुने धारा छैटौं नेपालगञ्ज म्याराथनको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि भएको छ ।

आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले शनिबार एक विज्ञप्ति निकाल्दै पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।

यस पटक म्याराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।

कोराना भाईरसको महामारीको कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार