एजेन्सी । जापानी खेलाडी केई निशिकोरी युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । क्रोएसियाका मारिन सिलिकलाई पराजित गर्दै निशिकोरीले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
सिलिकले उत्कृष्ट सुरुवात गरेपनि जापनको २१ वरियताका निशिकारीले ब्रेक अगाडी २–१ को अग्रता लिएका थिए । सिलिकले खेलमा फर्कने प्रयास नगरेका होईनन् तर चार घण्टा ८ मिनेटको समयमा निशिकारीले २–६, ६–४, ७–६ (७¬–५) ४–६, ६–४ को सेटमा खेल आफ्नो पक्षमा पारे ।
२८ बर्षका निशिकारीले अब सर्वियाका नोभाक जोकोभिच वा अष्टे«लियाका जोन मिलम्यानसंग फाईनल प्रवेशकालागि खेल्नेछन् ।