रोनाल्डो कोरोनाबाट मुक्त
शुक्रबार, कार्तिक १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ ।
रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ ।
कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।
नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् ।
नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।
३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए ।
यस्तै सिरी 'ए' को दुई र च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दुई खेल गुमाएका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

