एजेन्सी । केन्याली धाविका पेरेस जेपचेयर्चरले महिलाको हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन् ।
पोल्याण्डमा भएको विश्व एथ्लेटिक्स हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान बनाएकी हुन् ।
पेरेसले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्दै पोल्याण्डमा स्वर्ण जितेकी हुन् । २७ वर्षीय पेरेसले आफ्नै नाममा रहेको कीर्तिमानलाई १८ सेकेन्डले पछि पारेकी हुन् ।
पेरेसको यो दोस्रो विश्व च्याम्पियनसिपको उपाधि हो । यस अघि उनले २०१६ मा उपाधि जितेकी थिइन् ।
म्याराथनमा जर्मनीकि मेलट यिसाक केजेटाले १ घण्टा ५ मिनेट १८ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन् । इथोपियाकि यालेमजेर्फले १ घण्टा ५ मिनेट १९ सेकेन्डको समयसहित तेस्रो स्थान हासिल गरिन् ।
पुरुषतर्फको उपाधि युगान्डाका जाकोब किप्लिमोले जिते । उनले ५८ मिनेट ४९ सेकेन्डमा दौड पुरा गरे ।