बिहिबार, ३२ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीले अब कसलाई गुहार्ने ?

बिहिबार, २९ आश्विन २०७७खेलपाटी संवाददाता
खेलाडीले अब कसलाई गुहार्ने ?
Loading ad...
mustang rice ad

अनिल गुरुङ ।

दुई–तीन साताअघिको घटना होला ।

मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ ।

रंगशालामा मान्छेहरुको जमघट थियो ।

रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबल प्रेमीको मन खुशीले दङ्ग परेको थियो ।

अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविको पार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो ।

तर, त्यो तस्वीर राम्ररी नियाल्दा थाहा भो, त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ ।

यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फूटबल खेलाडीको मन नमज्जाले बजारिन पुग्यो ।

खेलाडी घरमा, मैदानमा कलाकार

कस्तो लापरवाही ?

रंगशालामा खेल सन्चालनको अनुमती नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन ।

कोरोनाले काम विहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो । अति नै दुःख लागेर आयो ।

कोभिडको कहरले देशमा खेलकुद गतिविधी ठप्प भएको सात महिना बितिसक्यो ।

सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ ।

खेलकुद परिषद् र एन्फा लाचार छन्, भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ ।

खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अतिनै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यस्को घोर भत्र्सना गर्छु ।

एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगती गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडीको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकयको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ ।

देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने गरेको छ । तीन महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकी संसार भरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्षनै लिग गेम हो ।

हामीकहाँ खेल हार्यो कि खेलाडीलाई लागि गालीगलौच गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् ।

यो कुरा कसले बुझ्ने ?

एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछि हामी खेलाडीले कसलाई अनि कहाँ गुहार्ने?

हाम्रो अभिभावक भनेकै यिनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुती पनि नभएको होईन ।

यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ ।

डर लाग्छ, उनीहरुको भविष्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ?

त्यही भएर मैले आज भोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन ।

मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवस्य राम्रो हुन्छ भनेर आश पनि छ ।

भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ ।

खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो ।

आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविष्यलाइ अँध्यारोमा धकेल्नु हुन्न। भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ ।

जय नेपाल, जय नेपाली फुटबल ।

(राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङकाे फेसबुकबाट साभार) 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै