बायर्नले बर्लिनसँग खेल्ने
सोमबार, कार्तिक १८, २०८२खेलपाटी संवाददाता
-1762145877202.webp&w=3840&q=75)
काठमाडौं। जर्मन कपको तेस्रो चरणको ड्रमा रोमाञ्चक जोडी बनेका छन्।
बायर्न म्युनिखले युनियन बर्लिनको मैदानमा खेल्ने भएको छ भने बोरुसिया डोर्टमुन्डले बायर लेभरकुजेनसँग भिड्नेछ।
आइतबार रातिको ड्रअनुसार डिफेन्डिङ च्याम्पियन स्टुटगार्टले दोस्रो डिभिजन क्लब बोखुमको भ्रमण गर्नेछ। सन् २०२३ का विजेता आरबी लाइपजिगले पनि दोस्रो डिभिजन क्लब माग्डेबर्गलाई आफ्नै मैदानमा स्वागत गर्नेछन्।
तेस्रो चरणमा कुनै पनि तल्लो डिभिजन क्लब बाँकी छैन। यी सबै खेलहरू डिसेम्बर २ र ३ मा खेलिने तय गरिएको छ।







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
