एजेन्सी । कोरोना भाईरसको महामारीको कारण २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक सरेको छ ।
हरेक वर्ष मार्चमा आयोजना हुँदै आएको टोकियो म्याराथन आगामी वर्ष भने अक्टोबर हुने भएको छ ।
आयोजक टोकियो म्याराथन फाउन्डेसनले मार्च ७ मा तय भएको प्रतियोगिता अक्टोबर १७ गर्ने भएको हो ।
यस वर्षको टोकियो म्याराथन भने मार्च १ मा भएको थियो ।
विश्वभर आयोजना हुने मुख्य ६ म्याराथन मध्ये टोकियो म्याराथन एक हो ।
कोरोनाको कारण यस वर्ष लण्डन म्याराथन र टोकियो म्याराथन बाहेक अन्य म्याराथन रद्द गरिएको छ ।
यस वर्ष बोस्टन म्याराथन, बर्लिन म्याराथन, सिकागो म्याराथन र न्युयोर्क म्याराथन रद्द गरिएको हो ।