एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा राजस्थान र बैंगलोर चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । राजस्थान र बैंगलोरबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा मैदान उत्रदा राजस्थान तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला ३ खेलमा दुई जित र एक हार व्यहोरेको राजस्थानको ४ अंक रहेको छ ।
राजस्थान तालिकाको पाँचौं स्थानमा रहेको छ ।
स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान बैंगलोरलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा भने राजस्थान कोलकत्ता नाइट राइडर्स ३७ रनले पराजित भएको थियो ।
यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि तेस्रो जितको खोजीमा हुनेछ । बैंगलोरले अघिल्ला ३ खेलमा दुई जित र एक हार व्यहोरेको थियो ।
छैटौं स्थानमा रहेको बैंगलोरको ४ अंक रहेको छ ।
बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्स इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । तेस्रो खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको थियो ।
राजस्थानले बैंगलोरविरुद्ध कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीको साथ रहनेछ ।