एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले बर्मुडाका पूर्व खेलाडी डेभिड हेम्पलाई महिला क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले बिहीबार हेम्पलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
हेम्पले बर्मुडाका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सय ४१ रन बनाएका छन् । जसमा उनले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
यस्तै ४९ वर्षीय पूर्व खेलाडी डेभिडले २ सय ७१ पहिलो श्रेणीको क्रिकेटमा १५ हजार भन्दा बढी रन बनाएका छन् ।
खेलाडी जीवनबाट सन्यास लिएपछि हेम्पले इंग्ल्यान्डबाट प्रशिक्षकको लेभल ४ लाईसेन्स लिएका थिए ।
उनी लामो समय देखि अष्ट्रेलियाको भिक्टोरिया महिला टिम र बिग बास क्रिकेटको मेलबर्न स्टार को महिला टिमको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका थिए ।
डेभिडले अनुभव र ज्ञानले पाकिस्तानी महिला क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको समेत बोर्डले जनाएको छ ।
डेभिडले इकबाल इमामलाई विस्थापित गर्दै आगामी आईसीसी महिला विश्वकप क्रिकेटमा टिमको प्रशिक्षण सम्हाल्ने छन् ।
डेभिडले अन्य ३८ राष्ट्रको इच्छुक प्रशिक्षकलाई पछी पार्दै अन्तिम अन्तर्वार्ताबाट प्रशिक्षकमा नियुक्त भएका हुन् ।