काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको छ ।
नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटीङ अंक प्राप्त गरेको छ ।
नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो ।
नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन ।
नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ ।
यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ ।
पुरुषतर्फ नेपाल एकदिवसीयमा १६ औं र टी-ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।