काठमाडौं । तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले लामालाई विश्व तेक्वान्दो विश्व तेक्वान्दो बाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरे ।
लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने नेपाली रेफ्री हुन् ।
यो उपलब्धी हासिल गर्न डब्लुटीले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ ।
यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्ने छ ।
लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।
त्यस्तै २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।