सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)

आइतबार, ११ आश्विन २०७७विश्वास थापा
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)

क्यानका अध्यक्ष चतुरबहादुर चन्द । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साढे ३ वर्षको निलम्बन आश्विन २७ गते अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट सशर्त फुकुवा भयो ।

सशर्त फुकुवा हुनुको मुख्य आधार थियो, आश्विन १० र ११ भएको क्यानको साधारण सभा ।

साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन गरेकाे थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहाकार समितिले क्यानको विधान तयार गरेको थियो ।

सोहि विधानमा केन्द्रित रहेर क्यानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको थियो ।

निर्वाचनबाट आएको नयाँ कार्यसमितिले आइतबार एक वर्षको कार्यकाल पुरा गरेको छ । विगत एक वर्षमा क्यानले खासै सन्तोषजनक काम गर्न नसकेको क्रिकेट सम्बद्ध अधिकारीहरु बताउँछन् ।

क्यानका पदाधिकारी भने कोरोना महामारी र सशर्त फुकुवाको कारण काम गर्न ढिलाई भएको बहाना बनाउने गरेका छन् ।

निलम्बन फुकुवापछि क्यानले घरेलु भूमिका भएको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको सफलतापुर्वक आयोजना गर्यो । त्यस बाहेक विवादीत देखिएपनि पुरुष खेलाडीको तलब वृद्धि गर्दै महिला खेलाडीलाई पहिलो पटक तलब सम्झौतामा समावेश गर्यो ।

तर निर्वाचनको झण्डै एक वर्ष बितेपनि क्यानले आईसीसी र सरकारको विश्वास जित्न नसक्नु मुख्य कमजोरी हो ।

क्यान निर्वाचनको पहिलो वर्षको सन्दर्भमा रहेर क्यानका अध्यक्ष चतुरबहादुर चन्दसंग खेलपाटीका संवाददाता विश्वास थापाले गरेको कुराकानी ।

  • क्यान आएको एक वर्ष पुग्यो, आईसीसीबाट शसर्त फुकुवा भएको पनि एक वर्ष पुग्न लाग्यो, क्यानले के के काम गर्यो ?

क्यान अस्तित्वमा आएपछि आईसीसीबाट शसर्त फुकुवा भयो । शसर्त फुकुवा भएपछि पूर्ण रुपमा फुकुवा हुन पुरा गर्नु पर्ने शर्त पुरा गर्दै आएका छौं । यससंगै क्रिकेट संघले गर्नु पर्ने वार्षिक कार्यक्रम, त्यसै बीचमा ट्राइसिरिज गर्ने मौका मिल्यो । ट्राइसिरिज हाम्रो लागि परिक्षा थियो, सफलतापुर्वक सम्पन गर्यौं ।

ट्राइसिरिज लगत्तै ५ वटा राष्ट्रिय प्रतियोगिताहरु गर्ने तालिका थियो, जुन आईसीसी समेत यसको जानकार थियो । तयार भएको वार्षिक क्यालेन्डर कोरोना माहामारीको कारण पुरा हुन सकेन । कोरोनाकै कारण तालिकामा रहेको थुप्रै कार्यक्रम गर्न सकिएन ।

क्रिकेटलाई सशक्त बनाउने र जिल्लालाई बलियो समेत बनाउने उद्धेश्यले हरेक जिल्लालाई ५० हजार र हरेक प्रदेशलाई १ लाख दिएका छौ । यसै वर्षबाट १ लाख र ३ लाख दिने सोच बनाए पनि आर्थिक अभावका कारण सकिएन । प्रतियोगिता र कार्यक्रम गर्न पाएनौं । कार्यक्रम नभएपछि आम्दानी भएन ।

आईसीसीले कर्मचारी नियुक्ति, अफिस बनाउने भन्यो । मुख्य प्रशिक्षक, सातवटै प्रदेशमा १–१ प्रशिक्षक दिने निर्णय, पुरुष टिमको तलबमा वृद्धि गरिएको छ । महिलालाई पहिलो पटक केन्द्रिय सम्झौतामा समेटेका छौ । टी–ट्वान्टी अन्तराष्ट्रिय र एकदिवसीय अन्तराष्ट्रिय खेल्ने खेलाडीलिई ५ हजार म्याच फिस दिने निर्णय गरेका छौं । खेलाडी र क्यान कर्मचारीको वार्षिक दुर्घटना विमा गर्ने तयारी भएको छ ।

प्रतियोगिताको हिसाबमा अहिले नेपाल मात्र हैन, संसारभर अस्तव्यस्त छ । विश्वमा दर्शकविना प्रोटोकल अपनाएर प्रतियोगिता सुरु भएका छन् । तर सरकारले अनुमति नदिएको कारण ढिलाई भएको छ । सरकार र राखेपले प्रशिक्षण सुरु गर भन्ने वित्तिकै प्रशिक्षण सुरु हुन्छ । हामी तयार अवस्थामा छौं । कम्तिमा मंसिरभित्र महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता र डिसेम्बरभित्र एक ट्राइसिरिज गर्न पहल गर्छौ ।

सन् २०२० को जनवरीदेखि काम गर्ने तालिका थियो । मुस्किलले ६ महिना मात्र काम गर्न पायौं । गर्नु पर्ने धेरै छ, प्रयास पनि सकारात्मक भए । जुन राम्रो पक्ष रह्यो । जेनेरल म्यानेजर र क्रिकेट म्यानेजर आएपछि क्यानले अझ गति लिने विश्वास लिएका छौं ।

  • पछिल्लो एक वर्षमा क्यानले कहाँ कहाँ समस्या झेल्नुपर्यो ?

मुख्य समस्या त कोरोनाले गर्दा नै आयो । सबै कुरा गर्दा समस्या आउछ, मुख्य कोरोनाले गर्दा काम रोकियो । सबै टिमको अहिलेसम्म प्रायोजक आइसक्थ्यो ।

सबै व्यवसायीक क्षेत्रसंग कुरा भएको थियो, तर कोरोनाले सबै क्षेत्र धरासायी बन्दा हात हाल्न गाह्रो भएको छ । कमाइ छैन भन्ने हिसाबले उहाँहरु टाढा भाग्नु भएको छ ।

आम्दानी छैन भने काम गर्न असहजनै हुन्छ ।

पूर्ण रुपमा फुकुवा हुन आईसीसीको जुन शर्तहरु छन्, त्यसलाई क्रमश पुरा गर्दै आएका छौं । वार्षिक साधारण सभा पनि त्यसको एक लक्ष्य हो । अफिस स्टाफ, जुन हामीले विज्ञापन गरेका छौं ।

राष्ट्रिय प्रतियोगिता त्यसको लक्ष्य हो । धेरै कुरा आईसीसीको पुरा गरिसकेका छौं । अब राष्ट्रिय प्रतियोगिता गराउन सक्यौं भने पूर्ण रुपमा क्यान फुकुवा हुने बाटो पुरा गर्छ ।

आईसीसीले क्यानलाई विश्वास गर्न सक्ने काम गर्दै आएका छौं ।

  • आईसीसीबाट शसर्त फुकुवा भएका छौं । हरेक निर्णयमा आईसीसीको अनुमती लिनुपर्दा काम गर्न कत्तिको समस्या भईरहेको छ ?

पक्कै असर गरेको छ । आईसीसीको साधारण सभा समेत नेपालको एक पाटो थियो । दक्षिण अफ्रिकामा हुने साधारण असभामा नेपालको निलम्बन फुकुवा गर्ने भन्ने थियो । त्यो सबै कोरोनाको कारण स्थगित भयो ।

आईसीसीको साधारण सभा नभएपछि नेपाल प्राथमिकतामा परेन । उसको ध्यान ठुला टेष्ट राष्ट्र र प्रतियोगितामा केन्द्रित भयो । हामीले समेत आईसीसीको कर्मचारीसंग निर्णय गराउनु पर्ने बाध्यता छ ।

जुन निर्णय लिन समेत आईसीसीको भर पर्नु पर्दा लामो समय खर्च भएको छ । लामो समय लागेको कारण खासै काम भएको देखिंदैन ।

  • क्यान आईसीसीको बजेटमा निर्भर देखिन्छ । एक वर्ष बित्न लाग्दा समेत प्रायोजक जुटाउन किन नसकिएको हो ?

प्रायोजकको कुरामा धेरै नजिक थियौं । धेरै माथिसम्म पुगेका थियौं । तर प्रायोजकसंग सम्झौता नजिक आइपुग्दा कोरोना बाधा बन्यो । माहामारीको कारण त्यो बेला कुरा गरिएका प्रायोजक अहिले ५० प्रतिशतमा झरेका छन् ।

पुरुष टिमको प्रायोजनमा जुन पैसा मागिएको थियो, त्यसमा मात्र ५० प्रतिशत दिने कुरा गर्छन् । किनकी उनीहरुलाई समेत कोरोनाले प्रभावित पारेको छ । कोरोनाको कारण प्रायोजकले हात झिक्दै आएका छन् ।

प्रतियोगिता गर्न क्यानसंग पैसा हुन आवश्यक छ । कि सरकार कि प्रायोजकबाट आउन आवश्यक छ । अहिले न प्रतियोगिता छ, न प्रायोजक खुलेर आउन सकेका छन् ।

हतारमा सस्तो प्रायोजकसंग सम्झौता गर्नु पनि भएन । हतारमा गर्दा बेफाइदा हुन्छ । दिर्घकालिन सम्झौता हुन्छ । लामो समयको सम्झौता अहिले कौडीको भाउमा गर्दा  दिर्घकालिन असर पर्ने देखियो ।

प्रायोजकको विषयमा नजिक पुरेर पनि सम्झौता गर्न अनुकुल समय पर्खिरहेका छौ । उमेर समुहदेखि महिला टिमसम्मका लागि प्रायोजक तयार अवस्थामा छन् ।

  • निलम्बन अघिको क्यान र निलम्बन पछिको क्यानमा के फरक छ ?

फरक छ । हामी आधिकारिक क्यान हो । हामीले गल्ती गरेको छैनौ । बेकारमा सरकारले हस्तक्षेप गरेको कारण नेपाली क्रिकेटले दुख पाएको हो । क्यानको गतिबिधि गर्ने, बैठक गर्ने, साधारण सभा गर्ने भनेको क्यानको निरन्तरता हो । अहिले क्यान आईसीसीको पुनः सदस्य भएको कारण सबै कुरा गरिरहेका छौं ।

फरक यति मात्र हो, पूर्ण फुकुवा भएको बेला योजना बनाएर खर्च गर्न पाउने थियौं । अहिले आईसीसीबाट पास गराएर मात्र गर्नुपर्छ । अलिकती लामो प्रक्रिया मात्र हो ।

  • एक वर्ष कार्यकालको मुल्याङ्कन कसरी गर्नुहुन्छ ?

काम गर्ने समय पुरा एक वर्ष पाएको भए मुल्याङ्कन गर्ने ठाउँ हुन्थ्यो । गत चैतदेखि काम गर्न नपाएर ६ महिना यत्तिकै बित्यो । आईसीसीले क्यानलाई जनवरीदेखि काम गर्न भनेको हो । हिसाब गर्दा ३ महिना मात्र काम गर्न पायौं । त्यसैले हाम्रो कारणले भन्दा परिस्तिथीले काम गर्न नपाएको हो ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी