शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'

आइतबार, ०४ आश्विन २०७७नमीन ढकाल
'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका व्यवस्थापक मधुशुदन उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।

खेलपाटीसँग बोल्दै उनले भने, ‘पहिला खेलाडीको हकमा तलब बढ्नुपर्छ । खेलाडीको तलब नबढेको निकै समय भैसकेको छ ।’

उनले राष्ट्रका लागि खेल्ने खेलाडीको तलबमा वृद्धि नगरेर कर्मचारीको प्रक्रिया अघि बढाउँदा बाहिर राम्रो सन्देश नजाने र सो बिषय उपयुक्त समेत नहुने उल्लेख गरे ।

‘पहिला खेलाडीकोनै तलब नबढाई कर्मचारीको बढाउँदा बाहिर नराम्रो छाप जान्छ । उपयुक्त पनि हुँदैन । पहिलो चरणमा तबल वृद्धि हुँदा खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले भने ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले ५२ सालमा एन्फा अध्यक्षमा निर्वाचित भएपछि खेलाडीलाई तबल दिन सुरुवात गरेका हुन् ।

उनले सुरुवाती चरणमा १५ सयबाट तलब सुरु गरेर आफ्नै कार्यकालमा १५ हजार सम्म पुर्याएका थिए ।

भ्रष्टाचारको आरोपमा थापा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको नेतृत्वमा नरेन्द्र श्रेष्ठ हुँदै कर्माछिरिङ शेर्पा आईपुगेका छन् । तर लामो समय बितिसक्दा समेत खेलाडीको तलब बढ्न सकेको छैन ।

हाल पुरुष खेलाडीले एन्फाबाट मासिक १५ हजार र महिला खेलाडीले ७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

भर्खरैमात्र कर्मचारी नियमाबली आएसँगै एन्फाले आफ्ना कर्मचारीको तलब बढाउने तयारी गरिरहेको छ । नियमावली कार्यान्वयनमा नआउँदा कर्मचारीले साउन यताको तलब समेत पाएका छ्रैनन् ।

केहि समयअघि आएको कर्मचारी नियमावलीले विगतमा स्थायी रुपमा रहँदै आएका कर्मचारीले अब करारका आधारमा काम गर्नुपर्ने भएको छ ।

एसियाली फुटबल महासंघ एएफसीले कर्मचारीलाई ‘बेसिक’ पारिश्रमीक दिएर राख्नुपर्ने प्रस्ताब अगाडी सारेसंगै एन्फाले समेत आफ्ना कर्मचारीलाई करारमा राख्ने निर्णय गरेको हो । सामान्यतया कर्मचारीसंग एन्फाले ६ महिनादेखि २ बर्षसम्म सम्झौता गर्नेछ । तर विगत लामो समयदेखि एन्फामा कार्यरत कर्मचारीले उपदान पाउनुपर्ने माग राखेपछि कर्मचारी नियमाबली विबादमा आएको थियो ।

हाल एन्फाका १७ सदस्य निर्वाचित कार्यसमिति सदस्य बाहेक अन्य सबै कर्मचारीले सञ्चयकोष सहित तलबमा रहेका छन् । एन्फा कार्यसमितिबाट महासविच, कोषाध्यक्ष र मानार्थ सदस्यले तबल लिने परम्परा रहेकोे छ ।

हाल कर्मचारीको मात्रै तलब बढ्ने भएपछि खेलाडीसमेत आफुहरुको तबल बढाउनुपर्ने माग राख्दै आएका छन् । यस्तै, महिला–पुरुष तलब बराबर गराउने माग समेत बढ्दै गएको छ ।

एन्फा कार्यसमिति सदस्य समेत रहेका उपाध्यायले महिला पुरुषको तलब बराबर गर्नुपर्ने मत राख्दै आएका छन् ।

‘बाहिरका अधिकांश मुलुकमा महिला पुरुषको तलब समान हुन थालिसकेको छ । हामीले पनि त्यसलाई कार्यान्वयन गराउनुपर्छ । पुरुषले जति पाउँछन्, महिलाले पनि समान पाउनुपर्छ । एन्फाले यस बिषयमा निर्णय गर्नुपर्छ ।’ उपाध्यायले भने ।

उनले कर्मचारीको समेत योग्यता र कार्यक्षमता लगायत विवरण हेरेर मात्र तलब वृद्धि गर्नुपर्ने बताए ।

‘एन्फाको कर्मचारी नियमाबली अनुसार अब करारमा राख्दा कर्मचारीको कार्यक्षमता, योग्यता, जिम्मेवारी, पद अनुसारको तलब पाउनुपर्छ । तर खेलाडीको तलब नबढेर कर्मचारीको बढ्दैन ।’ उपाध्यायले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

कतारमाथि नेपालको १०५ रनको शानदार जित

कतारमाथि नेपालको १०५ रनको शानदार जित

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’