शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिव सहित खेलकुदका १९ जनालाई विभूषण

शनिबार, ०३ आश्विन २०७७खेलपाटी संवाददाता
सदस्य सचिव सहित खेलकुदका १९ जनालाई विभूषण
Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका १९ जनालाई विभिन्न पदक तथा विभूषण प्रदान गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री (तृतीय)बाट विभूषित गर्दैछ । यस्तै तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्रशिक्षक संगिना वैद्य र प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट र राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापालाई प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गर्दैछ ।

सरकारले विभागीय टिमबाट अन्तराष्ट्रिय पदक जितेका १५ जनालाई समेत विभिन्न पदकबाट विभूषित गर्ने भएको छ ।

शसस्त्र प्रहरी बल (एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।

यस्तै, पुलिसका ७ खेलाडी सरकारबाट विभूषित हुने सूचिमा परेका छन् । पुलिसबाट भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र विर बहादर महरा, बक्सिङका भुपेन्द्र थापा, कराँतेका सुनिता महर्जन, सरु कार्की र महशुश मोक्त्तान नेपाल प्रताप भूषणबाट विभूषित हुने भएका छन् ।

यस्तै, आर्मीका ट्रायथलनका हिमाल टमाटा परम पौरख भास्करबाट विभूषित हुने भएका छन् भने आर्मी अन्तर्गतनै तेक्वान्दोका सञ्जिब ओझा, मिनु गूरुङ, संगीता मगर तथा बक्सिङका मिनु गुरुङ र कराँतेका प्रविन मानन्धर सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।

विभागीय टिमबाट १३ औं सागमा पदक जितेका खेलाडीलाई विभूषित गर्ने सूचिमा समावेश गरेपनि सरकारले धेरै कीर्तिमानी खेलाडीलाई मानपदवीबाट बाहिर राखेको छ ।
सरकारले यस बर्ष ५ सय ९४ जनलाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा तक्मा दिदै आएको छ ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

कतारमाथि नेपालको १०५ रनको शानदार जित

कतारमाथि नेपालको १०५ रनको शानदार जित

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’