शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षण खुल्ला गर्न राखेपसंग एन्फाको माग

बुधबार, ३१ भाद्र २०७७खेलपाटी संवाददाता
प्रशिक्षण खुल्ला गर्न राखेपसंग एन्फाको माग
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसंग माग गरेको छ ।

एन्फाका पदाधिकारीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसंग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलाडीलाई प्रशिक्षणका लागि तत्काल अनुमती प्रदान गर्नुपर्ने बताएका थिए ।

अन्य सबै क्षेत्र विस्तारै खुल्दै गएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले खेलकुदलाई समेत खुल्ला गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

‘तत्काल प्रशिक्षण मात्र भएपनि खोलौं । अवस्था सामान्य भएपछि प्रतियोगिताको बिषयमा सोचौला तर खेलाडीलाई अभ्यासमा फर्काउन ढिला गर्न हुदैन । सरकारले यसमा बिशेष ध्यान दिन आवश्यक छ ।’ शेर्पाको भनाई उद्धित गर्दै छलफलमा सहभागी एन्फाका एक पदाधिकारीले भने ।

एन्फाले सरकारले अनुमती प्रदान गरेको अवस्थामा बिना दर्शक अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा गर्न सकिने प्रस्ताव गरेको छ ।

एन्फाले मैत्रीपूर्ण फुटबल खेलका लागि धेरै देशबाट प्रस्ताव आएको उल्लेख गर्दै सरकारले तत्काल प्रशिक्षणको अनुमती दिनुपर्ने माग गरेको हो ।

एन्फासंगको छलफलमा सदस्य सचिव सिलवालले खेलाडीलाई प्रशिक्षणमा फर्काउन आफुले पहल गर्ने जानकारी गराएका थिए ।

एन्फाको मागप्रति आफु सकारात्मक रहेको बताउँदै उनले यस बिषयमा सरकारसंग संवाद गर्ने आश्वासन दिएका थिए ।

सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलका लागि प्रशिक्षण खुल्ला गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण फैलिएको भन्दै सरकारले सम्पूर्ण खेल गतिविधि बन्द गरेको छ ।

सरकारले यस बिषयमा आवश्यक निर्णय नगर्दा खेलाडी सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन् भने सम्पूर्ण खेलकुद गतिविधि ठप्प अवस्थामा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

विश्वकप क्वार्टरफाइनलमा दुई रोमाञ्चक भिडन्त

कतारमाथि नेपालको १०५ रनको शानदार जित

कतारमाथि नेपालको १०५ रनको शानदार जित

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

अर्जेन्टिनाको क्वार्टरफाइनल खेलमा पोर्चुगिज रेफ्री

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’