काठमाडौं । पर्वतीय खेलकुद महासंघ नेपालले विश्व एथ्नो स्पोर्ट्सको सदस्यता प्राप्त गरेको छ ।
विश्वभर रहेको चर्चित परम्परागत तथा संस्कृतिक खेलहरुको अन्तराष्ट्रिय महासंघ विश्व एथ्नो स्पोर्ट्सले पर्वतीय खेलकुद महासंघलाई सदस्य राष्ट्रको रुपमा आबद्द गरेको हो ।
महासंघले मंगलबार एक विज्ञप्ति निकाल्दै विश्व एथ्नो स्पोर्ट्सको सदस्यता प्राप्त गरेको जनाएको छ ।
विश्व एथ्नो स्पोर्ट्सका अध्यक्ष डा. एलेक्सी काइलासोबले महासंघका अध्यक्ष गोबिन्द भट्टराईलाई पत्र लेख्दै सदस्यता प्रदान गरिएको जनाएका छन् ।
यस्तै राखेप बोर्ड सदस्यमा मनोनयन भएकोमा भट्टराईलाई बधाई समेत दिईएको छ ।
महासंघले नेपालमा नेचर, एडभेन्चर र कल्चरमा आधारित खेलहरुको वकालत गर्दै आईरहेको छ ।
लात्भियाको रिगामा सचिवालय रहेको विश्व एथ्नो स्पोर्ट्स युनेस्कोको पार्टनर अर्गनाइजेसन रुपमा रहेको छ ।