टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने
मंगलबार, भदौ २३, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ ।
पुरुष र महिलाका शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।
खेलाडीसंगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बिमा गरिदिने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए ।
सबैको जनही १ लाखका दरले बिमा गरिने छ ।
हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा २–३ दिन भित्रै बिमा गरिने संघले जनाएको छ ।







-1753545694.jpg&w=3840&q=75)






-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)