काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिकले खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् ।
अर्को बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियाेगिता समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधार निमार्णबारे जानकारी लिन खेलकुद मन्त्रीले त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र राष्ट्रिय खेलकद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट समेत सहभागी थिए ।
पूर्वाधारको निरिक्षण गर्दै मन्त्री बिकले समयमै पूर्वाधार सम्पन्न गर्न निर्देशन दिएका छन् ।