एजेन्सी । एटीपी प्लेयर काउन्सिलको अध्यक्ष पदबाट नोभाक जोकोभिचले राजीनामा दिएका छन् ।
विश्व नम्बर एक खेलाडी समेत रहेका जोकोभिचले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
एटीपी प्लेयर काउन्सिलको अध्यक्षबाट राजीनामा दिएसँगै जोकोभिचले अन्य खेलाडीसँग मिलेर अर्को संस्था गठन गरेका छन् ।
प्रोफेसनल टेनिस प्लेयर्स एएसोसिएसन नामक संस्था स्थापना गरेका हुन् ।
न्युयोर्कमा शनिबार करिब ७० जना खेलाडीको उपस्थितिमा उक्त संस्था स्थापनाको घोषणा गरिएको थियो ।
तर, स्पेनिस स्टार राफायल नाडाल, रोजर फेडेरर लगायतका खेलाडी भने नयाँ एसोसिएसनको विपक्षमा रहेका छन् ।
सर्बियन स्टार जोकोभिचले शनिबार नै वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका थिए ।
३३ वर्षीय जोकोभिचले फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएका थिए ।