एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् ।
न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा जित निकाले ।
पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।
यससँगै जोकोभिजले ३५ मास्टर्स र १००० सिरिज टाइटलसहित राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका छन् ।
उनको यो ८० औं एपीटी उपाधि समेत हो ।
महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् ।
फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् ।
फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।
बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन् ।