ओसाकाले बोकिन् चोट, अजारेन्का च्याम्पियन
शनिबार, भदौ १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलारुसकी भिक्टोरिया अजारेन्काले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपन टेनिसको उपाधि जितेकी छिन् ।
न्युयोर्कमा जारी प्रतियोगिताको फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् ।
फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।
बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन् ।
यस अघि सेमिफाइनलमा अजारेन्का बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टालाई हराएर ओसाकासँग भेट पक्का गरेकी थिइन् ।
पहिलो सेमिफाइनलमा ओसाकाले बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएकी थिइन् ।
पुरुषतर्फको फाइनलमा नोभाक जोकोभिच र क्यानडाका मिलोस रावनिक भिड्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)