जोकोभिक फाइनलमा
शनिबार, भदौ १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
न्युयोर्कमा भएको सेमिफाइनलमा स्पेनका रोबर्टो बाटिस्टालाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
सर्बियन स्टार जोकोभिकले आठौं वरियताका रोबर्टोमाथि ४-६, ६-४ र ७-६ (७-०) को सेटमा जित निकाले ।
३३ वर्षीय जोकोभिकले अब उपाधिका लागि क्यानडाका मिलोस रावनिकसँग खेल्ने छन् ।
मिलोसले स्टेफानोसलाई ७-६ (७-५) र ६-३ ले पराजित गरे ।
महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजरिन्काबीच प्रतिस्पर्धा हुनेछ ।
अजरिन्काले बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टालाई ४-६, ६-४ र ६-१ को सेटमा पराजित गरिन् ।
यस्तै ओसाकाले बेल्जियमकि एलिस मेर्टेन्सलाई ६-२ र ७-६ (७-५) को सेटमा पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)