मर्रेको विजयी सुरुवात
आइतबार, भदौ ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायती खेलाडी एन्डी मर्रेले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनमा विजयी सुरुवात गरेका छन् ।
न्युयोर्कमा भएको पहिलो खेलमा मर्रेले अमेरिकन खेलाडी फ्रान्सेस टियाफोएलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
सुखद सुरुवात गर्ने क्रममा मर्रेले घरेलु खेलाडीमाथि ७-६ (८-६), ३-६ र ६-१ को जित निकाले ।
घरेलु टोलीलाई हराउँन उनले २ घण्टा २८ मिनेटको समय लगाए ।
मर्रे लामो समयपछि प्रतिस्पर्धात्मक खेलमा फर्किएका हुन् । सन् २०१९ को नोभेम्बरपछि मर्रेले प्रतिस्पर्धात्मक खेल खेलेका हुन् ।
मर्रेले यस प्रतियोगितालाई युएस ओपनको तयारीको रुपमा लिएका छन् । युएस ओपन अगस्ट ३१ बाट सुरु हुनेछ ।
पूर्व विश्व नम्बर एक मर्रेले अब दोस्रो चरणमा जर्मनीका एलेक्जेन्डर जेभेरेजसँग खेल्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)