निशिकोरीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ
शनिबार, भदौ ६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जापानिज टेनिस स्टार केइ निशिकोरीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ ।
निशिकोरीले आफ्नो दोस्रो कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
निशिकोरीले आफुलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र आईसोलेसनमा बसेको समेत बताएका छन् ।
'मलाई न्यून लक्षणहरु देखिएको छ र म अझै आइसोलेसनमा बसेको छु,' निशिकोरीले भनेका छन् ।
यस अघि उनलाई गत आइतबार कोरोना पोजेटिभ देखिएको थियो । जसको कारण उनले सिनसिनाटी ओपनबाट नाम फिर्ता लिएका थिए ।
यस्तै कोरोनाको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएपछि निशिकोरीले युएस ओपन गुमाउने सम्भावना समेत बढेको छ ।
युएस ओपन अगस्ट ३१ मा न्युयोर्कमा सुरु हुनेछ ।
३० वर्षीय निशिकोरी सन् २०१४ मा युएस ओपनको फाइनल पुगेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)