एजेन्सी । जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी छन् ।
अमेरिकाको फोर्ब्स म्यागेजिनले निकालेको पछिल्लो सूचीअनुसार ओसाका सर्वाधिक कमाउने महिला खेलाडीको शीर्ष स्थानमा रहेकी छिन् ।
सन् २०१९ जुन देखि २०२० को जुनसम्म ओसाकाको आम्दानी ३७.४ मिलियन पाउण्ड रहेको छ ।
दोस्रो स्थानमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स रहेकी छिन् । विलियम्सको आम्दानी ३६ मिलियन पाउण्ड रहेको छ ।
यस्तै अष्ट्रेलियन टेनिस खेलाडी एश्लेइघ बार्टी १३.१ मिलियन पाउण्डसहित तेस्रो, टेनिसकै सिमोना हालेप १०.९ मिलियन पाउण्डसहित चौथो र टेनिसकै बिआन्का आन्द्रेस्क्यु ८.९ मिलियन पाउण्डसहित पाँचौं स्थानमा रहेकी छिन् ।
फोर्ब्सको सूची अनुसार सर्वाधिक धनी महिला खेलाडीको शीर्ष १० मा ९ जना टेनिस खेलाडी रहेका छन् ।
एक मात्र टेनिस बाहिरका खेलाडी रहेकी छिन् । दशौँ स्थानमा रहेकी अमेरिकाकी फुटबल खेलाडी एलेक्स मोर्गनको आम्दानी ४.६ मिलियन रहेको छ ।