एजेन्सी । वर्षाले प्रभावित इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट ‘ड्र’ भएको छ । धेरै वर्षा भएसंगै पाँचौ तथा अन्तिम दिन सोमबार टेस्ट ‘ड्र’ भएको हो ।
वर्षाका कारण अन्तिम दिन चार ओभर भन्दा बढी खेल हुन सकेन ।
पहिलो इनिङ्समा १ विकेट गुमाएर ७ रनले अघि रहेको इंग्ल्यान्डले चार विकेट गुमाएर १ सय १० रन बनाएको थियो । दुवै टिमले बराबरीमा सहमती जनाएका हुन् ।
साउथह्याम्टनमा इंग्ल्यान्डका ज्याक क्राउलीले ५३ रन बनाएका थिए ।
यस्तै, डम सिबलीले ३२ रनको योगदान गरे । पुरै खेल १ सय ३४ दशमलव ३ ओभरमात्र हुन सक्यो ।
वर्षाका कारण तेस्रो दिन खेल हुन सकेको थिएन । चौथो दिन समेत अधिकांश समय खेल हुन सकेको थिएन । पहिलो दुई दिन खराब प्रकाशका कारण खेल प्रभावित बनेको थियो ।
पाकिस्तान पटक पटकको अवरोधकाबीच २ सय ३६ रनमा आउट भएको थियो ।
इंग्ल्यान्ड तीन म्याचको सिरिजमा १–० ले अघि रहेको छ ।
तेस्रो तथा अन्तिम टेस्ट शुक्रबार हुनेछ । घरेलु टोली इंग्ल्यान्डलाई १० वर्षमा पहिलो पटक पाकिस्तानलाई हराउने मौका रहेको छ ।