एजेन्सी । विश्व नम्बर दुई सिमोना हालेपले युएस ओपन टेनिस नखेल्ने भएकी छिन् ।
रोमानियाकी हालेपले सोमबार युएस ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् ।
हालेपले कोरोना भाईरसको महामारीको कारण स्वास्थ्यलाई ध्यान राख्दै प्रतियोगिता नखेल्ने बताएकी छिन् ।
हालेपले आइतबार मात्र प्राग ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
न्युयोर्कमा हुने युएस ओपन ३१ अगस्टबाट सुरु हुनेछ ।
हालेप युएस ओपनबाट नाम फिर्ता लिने शीर्ष १० वरीयताका छैटौं खेलाडी हुन् ।
यस अघि विश्व नम्बर एक एस्लेईघ बार्टीसहित एलिना स्विटोलिना र किकी बेर्टेन्सले युएस ओपन नखेल्ने बताईसकेका छन् ।