हालेपलाई प्राग ओपन टेनिसको उपाधि
आइतबार, साउन ३२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् ।
चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् ।
विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६-२ र ७-५ ले हराईन् ।
कोरोना भाईरसको कारण लकडाउन खुलेपछि हालेपले पहिलो उपाधि जितेकी हुन् ।
२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयता प्राप्त खेलाडी हुन् । यस अघि कारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन् ।
हालेपको यो वर्षको दोस्रो उपाधि हो ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)