एजेन्सी । कोरोना भाईरसको संक्रमणको कारण भारतका पूर्व ओपनर चेतन चौहानको निधन भएको छ ।
ब्याट्सम्यान चौहानको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
गत जुलाईमा कोरोनाको संक्रमण देखिएको चौहानलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
तर, उनलाई बचाउन नसकिएको बताईएको छ ।
चौहानले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेलेका थिए । सन् १९६९ देखि १९८१ सम्म उनले भारतका लागि २ हजार २३७ रन बनाएका थिए ।
चौहानले २२ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध १९६९ मा डेब्यु गरेका थिए ।
क्रिकेट खेल जीवनपछि उनी प्रशिक्षक बनेका थिए । यस्तै भारतीय टिमको व्यवस्थापक समेत बनेका थिए ।
उनी राजनीतिमा समेत लागेका थिए । उनी उत्तर प्रदेशको लोक सभामा दुई पटक सदस्य बनेका थिए । उनी उत्तर प्रदेश क्याबिनेटका मन्त्री समेत बनेका थिए ।