काठमाडौं । प्रदेश नम्बर-२ प्रादेशिक क्रिकेट संघले आफ्ना खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।
अनलाईनको माध्यमबाट शनिबार बसेको प्रादेशिक संघको बैठकले प्रदेश-२ का खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।
संघले प्रदेश टिममा रहेका महिला तथा पुरुष दुवै खेलाडीको कोरोना बीमा गर्ने जनाएको छ ।
यस्तै बैठकले प्रदेशसँग आबद्द रहेका ८ जिल्ला क्रिकेट संघलाई जिल्लाका नियमित खेलाडीको कोरोना बीमा गर्न समेत निर्देशन दिएको संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए ।
बैठकले सप्तरी क्रिकेट संघलाई ओ लेबल अम्पाएर स्कोरिङ तालिम आयोजनाको जिम्मेवारी दिएको छ । तालिम भने अवस्था सामान्य भएपछी यातायात संचालनमा आएपछी तालिम संचालन गर्न निर्देशन गरेको श्रेष्ठले बताए ।
यस्तै बैठकले न्यून आए भएका तथा कोरोनाको कारण जीविकोपार्जनमा कठिनाइ भएका खेलाडीको नामावाली संकलन गरेर प्रदेशमा पेश गर्ने जिम्मेवारी संघका सदस्य सुभाष जयसवाललाई दिइएको छ ।
दुवै मृगौला खराब भएका तथा कोरोना संक्रमित खेलाडी कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदै बैठकले कुन्दनको मृगौला प्रत्यारोपणको लागि आवश्यक सहयोगको लागि पहल गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेशमा रहेका खेलाडीलाई कोरोनाबारे जनचेतना फैलाउने र त्यसबाट कसरि सुरक्षित रहने भनेर जनचेतना दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष हिरा भगतको अध्यक्षता बसेको बैठकमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।