सेरेना क्वाटरफाइनलमा पराजित
शनिबार, साउन ३१, २०७७खेलपाटी संवाददाता
एजेन्सी । अमेरिकी खेलाडी सेरेना विलियम्स टप सिड ओपन टेनिसको क्वाटरफाइनलमा पराजित भएकी छिन् ।
लेक्सिनटनमा शुक्रबार राति भएको खेलमा सेरेना आफ्नै देशकी शेल्बी रोजर्ससँग पराजित भएकी हुन् ।
पूर्व विश्व नम्बर एक समेत रहेकी सेरेनाले पहिलो सेट ६-१ ले जितेकी थिइन् । तर, दोस्रो सेट ६-४ र तेस्रो सेट ७-६ ले गुमाएकी थिईन ।
२३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आफ्नै दिदि भेनस विलियम्सलाई हराएर अन्तिम आठको यात्रा तय गरेकी थिइन् ।
रोजर्सले एनी फर्नान्डेजलाई हराएकी थिइन् ।
यस प्रतियोगितालाई खेलाडीले युएस ओपनको तयारीको रुपमा लिएका छन् ।
युएस ओपन अगस्ट ३१ बाट सुरु हुने बताईएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)