भेनसलाई हराउँदै सेरेना क्वाटरफाइनलमा
शुक्रबार, साउन ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी खेलाडी सेरेना विलियम्सले टप सिड ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
लेक्सिनटनमा बिहीबार राति भएको खेलमा आफ्नै दिदि भेनस विलियम्सलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।
पूर्व विश्व नम्बर एक समेत रहेकी सेरेनाले पहिलो सेट ६-३ ले गुमाएकी थिइन् । तर, दोस्रो सेट ६-३ र तेस्रो सेट ६-४ ले आफ्नो बनाउदै सेरेनाले अन्तिम आठको यात्रा गरेकी हुन् ।
२३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले अन्तिम आठमा शेल्बी रोजर्स र एनी फर्नान्डेजबिचको विजेतासँग खेल्ने छिन् ।
यस प्रतियोगितालाई सेरेनाले युएस ओपनको तयारीको रुपमा राखेकी छिन् ।
युएस ओपन अगस्ट ३१ बाट सुरु हुने बताईएको छ ।







1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)