जोकोभिकले युएस ओपन खेल्ने

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले यस वर्षको युएस ओपन खेल्ने भएका छन् ।
सर्बियन स्टार जोकोभिकले बिहीबार सामाजिक संजालबाट आफुले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन् ।
यस्तै जोकोभिकले सिनसिनाटी ओपन समेत खेल्ने बताएका छन् ।
'सिनसिनाटी र युएस ओपन खेल्ने पक्का गर्दा म खुशी छु,' ट्वीटरमा जोकोभिकले लेखेका छन्, 'धेरै पक्षको अवरोध र चुनौतीबीच यो निर्णय सहज थिएन ।'
न्युयोर्कमा हुने सिनसिनाटी अगस्ट २० देखि २८ सम्म आयोजना हुँदैछ ।
यस्तै युएस ओपन अगस्ट ३१ बाट सुरु हुँदैछ ।
३३ वर्षीय जोकोभिकले ३ पटक युएस ओपन जितेका छन् ।
कोरोना भाईरसको महामारीको कारण पछिल्लो ठुला खेलाडीले प्रतियोगिता नखेल्ने बताईरहदा जोकोभिक भने खेल्न तय भएका हुन् ।
स्पेनिस राफायल नाडालले युएस ओपन नखेल्ने बताईसकेका छन् ।
यस्तै महिलाको विश्व नम्बर एक एस्लेईघ बार्टी, युक्रेनी खेलाडी एलिना स्विटोलिना र डच खेलाडी किकी बेर्टेन्सले युएस ओपन नखेल्ने बताईसकेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)