एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले यस वर्षको युएस ओपन र फ्रेन्च ओपन खेल्न योजना बनाईरहेको बताएकी छिन् ।
कोरोना भाईरसको महामारीको कारण ठुला खेलाडीले युएस ओपनबाट नाम फिर्ता लिईरहेको बेला सेरेनाले भने योजना बनाईरहेको बताएकी हुन् ।
न्युयोर्कमा हुने युएस ओपन अगस्ट ३१ बाट सुरु हुँदैछ ।
तर, विश्व नम्बर एक एस्लेईघ बार्टी, युक्रेनी खेलाडी एलिना स्विटोलिना र डच खेलाडी किकी बेर्टेन्सले युएस ओपन नखेल्ने बताईसकेकी छिन् ।
त्यस्तै पुरुषतर्फ राफायल नाडालले प्रतियोगिता नखेल्ने बताईसकेका छन् ।
'के हुन्छ म आफैलाई हेरिरहेको छु,' सेरेनाले भनेकी छिन्, 'मेरो फोक्सो पूर्ण क्षमता छैन त्यसैले मलाई के हुन्छ थाहा छैन । निश्चित रुपमा म ठीक छु तर मैले पत्ता लगाउन सकेको छैन ।'
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले अर्को हप्ताबाट डब्लुटिए टप सिड ओपन खेल्ने तयारी गरेकी छिन् । जुन सेरेनाले युएस ओपनको तयारीको रुपमा लिइएको छ ।
सेरेनाले ६ पटक युएस ओपन जितेकी छिन् । गत वर्ष उनी फाइनल पुगेकी थिइन् ।
यस्तै सेरेनाले सेप्टेम्बरमा पेरिस यात्रा गर्ने योजना बनाएको समेत बताएकी छिन् ।
कोरोनाले स्थगित फ्रेन्च ओपन सेप्टेम्बर २७ बाट सुरु हुँदैछ ।