स्विटोलिना र बेर्टेन्सले युएस ओपन नखेल्ने
शनिबार, साउन २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । युक्रेनी खेलाडी एलिना स्विटोलिना र डच खेलाडी किकी बेर्टेन्सले युएस ओपन टेनिस नखेल्ने भएका छन् ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुवै खेलाडीले युएस ओपन नखेल्ने बताएका छन् ।
विश्व नम्बर पाँच स्विटोलिनाले अमेरिका भ्रमण गर्न असहज भएको भन्दै प्रतियोगिता नखेल्ने बताएकी छिन् ।
सातौं वरियताकी बेर्टेन्सले नेदरल्यान्ड्स सरकारको गाइडलाइन अनुसार अमेरिकाबाट फर्किएपछि क्वारेन्टिनमा बस्नु पर्दा क्ले कोर्ट प्रतियोगिताको तयारी नपुग्ने भएकोले युएस ओपन नखेल्ने बताएकी छिन् ।
यस अघि विश्व नम्बर एक एस्लेईघ बार्टीले पनि युएस ओपन नखेल्ने बताईसकेकी छिन् ।
त्यस्तै पुरुषतर्फ राफायल नाडालले प्रतियोगिता नखेल्ने बताईसकेका छन् ।
अमेरिकाको टेनिस एसोसिएसनले अगस्ट ३१ बाट युएस ओपन आयोजना हुने जनाएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)