मड्रिड ओपन रद्द
बुधबार, साउन २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण मड्रिड ओपन टेनिस यस वर्ष नहुने भएको छ ।
मड्रिड ओपनको आयोजक कमिटीले बुधबार प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
कोरोनाको महामारी कायम रहेको कारण प्रतियोगिता रद्द गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।
क्ले कोर्टमा खेलिने मड्रिड ओपन मे महिनामा आयोजना हुँदै आएको थियो ।
तर, कोरोनाले स्थगित यस वर्षको प्रतियोगिता आगामी सेप्टेम्बरमा १२ बाट गर्ने तयारी गरिएको थियो ।
पछिल्लो समय स्पेनिस राजधानीमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेपछि आयोजकलाई प्रतियोगिता रद्द गर्न दबाब बढेको थियो ।
स्पेनमा मात्रै हालसम्म ३ लाख बढी मानिसमा संक्रमण देखिएको छ । यस्तै २८ हजार ४ सय ९८ जनाको मृत्यु भईसकेको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)