नाडालले युएस ओपन नखेल्ने
बुधबार, साउन २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता तथा स्पेनिस स्टार राफायल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन् ।
कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।
नाडालले सामाजिक संजालबाट आफुले युएस ओपनबाट नाम फिर्ता लिएको बताएका छन् ।
विश्व नम्बर दुई नाडालले गत वर्ष डानिल मेदभेदेबलाई हराएर १९ औं पटक ग्राण्डस्लाम उपाधि जितेका थिए ।
अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)