हालेपले पालेर्मो ओपन नखेल्ने
आइतबार, साउन ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर दुई सिमोना हालेपले पालेर्मो महिला ओपन टेनिस प्रतियोगिता नखेल्ने भएकी छिन् ।
रोमानियाकी हालेपले आइतबार इटालीमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएकी छिन् ।
कोरोना भाईरसको कारण रोमानिया र बुल्गेरियाबाट आउने खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि हालेपले नाम फिर्ता लिएकी हुन् ।
इटालीका स्वास्थ्यमन्त्री रोबर्टोले शुक्रबार कोरोनाको महामारीलाई मध्येनजर गर्दै रोमानिया र बुल्गेरियाबाट आउनेले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएका थिए ।
पालेर्मो ओपन प्रतियोगिता अगष्ट ३ बाट हुँदैछ । कोरोना भाईरसको महामारी पछिको यो पहिलो व्यवसायिक प्रतियोगिता हो ।
कोरोनाको कारण गत मार्चपछि कुनैपनि प्रतियोगिता आयोजना भएको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



