सांघाई ओपन टेनिस रद्द
शुक्रबार, साउन ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । चीनमा आयोजना हुने सांघाई ओपन मास्टर्स टेनिस यस वर्ष आयोजना नहुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण आगामी अक्टोबरमा हुने सांघाई ओपन नहुने भएको हो ।
सांघाई ओपन अक्टोबर ११ देखि १८ सम्म हुने तालिका रहेको थियो ।
चीन सरकारले कोरोनको कारण यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा रोक लगाएपछि सांघाई ओपन नहुने भएको हो ।
चीन सरकारले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता नहुने जनाएपछि अन्य टेनिसको थुप्रै प्रतियोगिता समेत रद्द गरिएको छ ।
एसोसिएसन अफ टेनिस प्रोफेसनल्स (एपीटी) ले सांघाई ओपनसहित चीनमा आयोजना हुने मुख्य ७ टेनिस प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
एपीटीले सांघाई ओपनसहित एटीपी मास्टर्स, चाइना ओपन, छेन्दु ओपन र झुहाई च्याम्पियनसिप समेत रद्द गरिएको जनाएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



