एजेन्सी । अमेरिकाका टेनिस खेलाडी फ्रान्सिस टियाफोएलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अल अमेरिकन टिम कप टेनिस खेलिरहेका फ्रान्सिसलाई कोरोना पोजेटिभ देखिएको हो ।
विश्व वरियताको ८१ औं स्थानमा रहेका फ्रान्सिसले सामाजिक संजालबाट आफुमा कोरोना देखिएको बताएका छन् ।
कोरोना संक्रमण देखिएपछि २२ वर्षे फ्रान्सिसले प्रतियोगिताबाट नाम समेत फिर्ता लिएका छन् ।
फ्रान्सिस कोरोना देखिने पाँचौं टेनिस खेलाडी हुन् ।
यस अघि विश्व नम्बर एक नोभाक जोकोभिक, ग्रिगोर दिमित्रोभ, बोर्ना कोरिक लगायतका खेलाडीलाई कोरोना देखिएको थियो ।