जोकोभिक कोरोनाबाट मुक्त
बिहिबार, असार १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक कोरोना भाईरसबाट मुक्त भएका छन् ।
कोरोना पोजेटिभ देखिएको ९ दिनपछि जोकोभिक कोरोना मुक्त भएका हुन् ।
जोकोभिकले बिहीबार एक विज्ञप्ति निकाल्दै आफ्नो पछिल्लो कोरोना टेस्ट नेगेटिभ आएको बताएका छन् ।
यस्तै जोकोभिकले श्रीमती जेलिनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
एड्रिया टुर अन्तर्गत दोस्रो लेगको प्रतियोगिता खेल्न क्रोएसिया पुगेका जोकोभिकलाई गत साता कोरोना देखिएको थियो ।
जोकोभिकसँगै उनका प्रशिक्षकमा समेत कोरोना देखिएको थियो ।
यस्तै एड्रिया टुर खेलिरहेका बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र क्रोएसियाका बोर्ना कोरिकलाई समेत कोरोनाको संक्रमण भएको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



