जोकोभिकका प्रशिक्षकलाई कोरोना संक्रमण
शुक्रबार, असार १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पूर्व विम्बल्डन च्याम्पियन समेत रहेका प्रशिक्षक गोरानले शुक्रबार कोरोना भएको बताएका छन् ।
एड्रिया टुर अन्तर्गत दोस्रो लेगको प्रतियोगिताका लागि जोकोभिकसँगै क्रोएसिया पुगेका गोरानलाई कोरोना देखिएको हो ।
गोरानले आफु सेल्फ आईसोसेलनमा रहेको र आफु स्वस्थ्य रहेको बताएका छन् ।
एड्रिया टुरमा सहभागीमध्ये कोरोना देखिने उनी चौंथो व्यक्ति हुन् ।
यस अघि जोकोभिकसँगै बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र क्रोएसियाका बोर्ना कोरिकलाई कोरोना देखिएको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



