क्रोएसियाका कोरिकलाई कोरोनाको संक्रमण
सोमबार, असार ८, २०७७खेलपाटी संवाददाता
एजेन्सी । क्रोएसिया टेनिस स्टार बोर्ना कोरिकलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
विश्व वरियताका ३३ औं स्थानका कोरिकले सोमबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएका छन् ।
एड्रिया टुर अन्तर्गत घरेलु कोर्टमा जारी दोस्रो लेगको खेल खेलिरहेका कोरिकलाई कोरोना देखिएको हो ।
'मलाई कोरोना पोजेटिभ भएको जानकारी दिन चाहन्छु । कृपया मसँग सम्पर्कमा रहनु भएका सम्पूर्णले परिक्षण गराउनु होला,' ट्वीटरमा उनले लेखेका छन् ।
कोरोनाको संक्रमण देखिने उनी दोस्रो ठुला टेनिस खेलाडी हुन् ।
यस अघि बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना देखिएको थियो ।
दिमित्रोभ पनि एड्रिया टुरमा प्रतिस्पर्धा गरिरहेका थिए ।
शनिबार कोरीच र दिमित्रोभले प्रतिस्पर्धा गरेका थिए ।
दुई खेलाडीमा कोरोना देखिएपछि नोभाक जोकोभिकको अगुवाईमा जारी प्रतियोगिता स्थगित गरिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



