टेनिस खेलाडी दिमित्रोभलाई कोरोना
आइतबार, असार ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
एड्रिया टुर अन्तर्गतको दोस्रो लेगको खेलका लागि क्रोएसिया पुगेका दिमित्रोभलाई आइतबार कोरोना देखिएको हो ।
सामाजिक संजाल इन्स्टाग्रामबाट दिमित्रोभले आफुमा कोरोना भएको बताएका छन् ।
अस्वस्थ भएपछि परिक्षण गराउदा उनमा कोरोना देखिएको हो । प्रतियोगिता अन्तर्गत शनिबारको एक खेलबाट समेत उनले नाम फिर्ता लिएका थिए ।
आइतबार उनले नोभाक जोकोभिकसँग खेल्ने तालिका रहेको थियो ।
दिमित्रोभलाई कोरोना देखिएपछि प्रतियोगिता समेत स्थगित गरिएको छ ।
कोरोनाको संक्रमण देखिने उनी सर्वाधिक ठुला टेनिस खेलाडी हुन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



