एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिकले एड्रिया टुर अन्तर्गतको दोस्रो लेगमा दुई जित निकालेका छन् ।
सर्बियन स्टार जोकोभिकले पहिलो खेलमा सर्बियाकै पिड्जा क्रिसटिनलाई ४-३ (७-३) र ४-१ ले पराजित गरे ।
यस्तै दोस्रो खेलमा घरेलु खेलाडी क्रोएसियाका बोर्ना कोरीचलाई ४-१, ४-३ (७-१) ले पराजित गरे ।
अब जोकोभिकले दोस्रो दिन आइतबार दुई खेल खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
यस अघि टुर अन्तर्गतको पहिलो लेगको उपाधि डोमिनिक थिमले जितेका थिए ।
कोरोना भाईरसको महामारीको कारण लामो समय कोर्ट बाहिर रहेका खेलाडीको फिटनेसलाई फिर्ता ल्याउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तर्गत फाइनल चरणको प्रतियोगिता बोन्सियाको बान्जा लुकामा जुलाई ३ र ४ मा हुनेछ ।
कोरोनाको कारण गत मार्चबाट टेनिस प्रतियोगिता स्थगित गरिएको छ । एटिपी टुर जुलाई ३१ सम्म स्थगित गरिएको छ ।